समृद्ध श्रीलङ्का निर्माणका लागि राष्ट्रपतिको आह्वान
कोलम्बो । राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलङ्का निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा शुक्रबार जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन सुरुवातका निम्ति आह्वान गरेका हुन् ।
“गत वर्ष हाम्रो दैनिक जीवनमा बाधा पु¥याउने अभूतपूर्व आर्थिक सङ्कट झेल्नुप¥यो । अहिले हामीले अथक कष्टबाट मुक्त भएर नयाँ वर्षको अनुष्ठानमा भाग लिन पाएका छौँ, सन् २०२३ ले श्रीलङ्काका लागि सन्तोषजनक वातावरण ल्याएको छ । अहिलेको तुलनामा देशलाई अझ समृद्ध बनाउने प्रयासमा हामी एकताबद्ध भएर अघि बढ्न जरुरी भएको छ,” सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले भने ।
राजनीतिक सम्बद्धता, जातीय र धार्मिक विविधता भए पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माणका निम्ति नयाँ सुरुवात अपरिहार्य भएकामा जोड दिँदै श्रीलङ्काली राष्ट्रपतिले एक राष्ट्रको रूपमा एकताबद्ध भएर अगाडि बढेमा समृद्धि प्राप्त गर्ने आकाङ्क्षा हासिल गर्न कठिन नहुने बताए ।-(रासस /सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण