शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ०१ वैशाख २०८०, १९ : २८
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना  र १ हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणबाट मुक्त हुँदा ४०१ जना सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयका अनुसार ३२ जना संस्थागत आइशोलेशनमा,  ११ जना आइसियु र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप