सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ । यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग