मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने

शनिबार, ०२ वैशाख २०८०, ०७ : ०२
शनिबार, ०२ वैशाख २०८०

म्यानचेस्टर । खुट्टाको मेटाटार्सल हड्डी भाँचिएपछि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने भएका छन् ।

बिहीबार युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा सेभिल्लासँग २-२ ले बराबरी खेल्दा २५ वर्षीय खेलाडी घाइते भएका थिए । युनाइटेडले २–१ को अग्रता लिइरहँदा ८६ औं मिनेटमा मार्टिनेज घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिक टेन ह्यागको टोली १० खेलाडीमा सिमित बनेको थियो ।

मार्टिनेजका सेन्टर ब्याक पार्टनर राफायल भरान पनि घाइते भएका छन् । उनी पनि केही हप्ता बाहिर हुने अपेक्षा गरिएको छ। ‘म्यानचेस्टर युनाइटेडका सबैजनाले लिसान्ड्रो र राफालाई छिटो स्वास्थ्यलाभको लागि शुभकामना पठाएका छन्,’ क्लबले भनेको छ।

मार्टिनेज गत जुलाईमा आयाक्सबाट ५७ मिलियन पाउण्डको सम्झौतामा युनाइटेडमा आबद्ध भएका थिए । उनले यस सिजन युनाइटेडका प्रिमियर लिगका २७ खेल खेलेका छन्। अगस्त २०२१ मा रियल म्याड्रिडबाट क्लबमा आबद्ध भएका फ्रान्सेली डिफेन्डर भरानले यो सिजन २१ वटा लिगका खेल खेलेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप