मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने
म्यानचेस्टर । खुट्टाको मेटाटार्सल हड्डी भाँचिएपछि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने भएका छन् ।
बिहीबार युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा सेभिल्लासँग २-२ ले बराबरी खेल्दा २५ वर्षीय खेलाडी घाइते भएका थिए । युनाइटेडले २–१ को अग्रता लिइरहँदा ८६ औं मिनेटमा मार्टिनेज घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिक टेन ह्यागको टोली १० खेलाडीमा सिमित बनेको थियो ।
मार्टिनेजका सेन्टर ब्याक पार्टनर राफायल भरान पनि घाइते भएका छन् । उनी पनि केही हप्ता बाहिर हुने अपेक्षा गरिएको छ। ‘म्यानचेस्टर युनाइटेडका सबैजनाले लिसान्ड्रो र राफालाई छिटो स्वास्थ्यलाभको लागि शुभकामना पठाएका छन्,’ क्लबले भनेको छ।
मार्टिनेज गत जुलाईमा आयाक्सबाट ५७ मिलियन पाउण्डको सम्झौतामा युनाइटेडमा आबद्ध भएका थिए । उनले यस सिजन युनाइटेडका प्रिमियर लिगका २७ खेल खेलेका छन्। अगस्त २०२१ मा रियल म्याड्रिडबाट क्लबमा आबद्ध भएका फ्रान्सेली डिफेन्डर भरानले यो सिजन २१ वटा लिगका खेल खेलेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण