बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु

शनिबार, ०२ वैशाख २०८०, ११ : ३६
शनिबार, ०२ वैशाख २०८०

पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ। मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार ९ बजेर १४ मिनेटमा फ्रेन्च गुयानाको ईएसए स्पेसपोर्टबाट प्रक्षेपण गरिएको थियो।

जुपिटर आइसी मुन एक्सप्लोरर (जुस) परियोजनाले बृहस्पतिको चन्द्रमामा उपग्रह पठाउने लक्ष्य राखेको छ जसमा आठ वर्ष लाग्नेछ। अन्तरिक्ष यानले पृथ्वी र शुक्रको वरिपरि गुरुत्वाकर्षण स्लिङशट प्रविधिको प्रयोग गरी बृहस्पतिसम्म पुग्न पर्याप्त ऊर्जा दिनेछ। यो १.४ बिलियन डलरको परियोजनाले बृहस्पतिका प्रमुख चन्द्रमाहरू (ग्यानिमेड, कालिस्टो र युरोपा) मा सामान्य जीवन रहन सक्छ कि भनेर अध्ययन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप