बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सेती खोँचमा खसेकी बालिकाको मृत्यु

शनिबार, ०२ वैशाख २०८०, १९ : २९
शनिबार, ०२ वैशाख २०८०

पोखरा । सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । 

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरुसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खस्न पुगेकी थिइन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले उनलाई २ सय मिटर तलबाट निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप