हाम्रो क्रान्तिले नेतृत्वको प्रश्नको हल भएको छैन : महासचिव पोखरेल

मकवानपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन आफैमा लक्ष्य नभएको बताएका छन् । शनिबार हेटौँडामा आयोजित मिसन ग्रासरुट अन्तर्गत एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको प्रशिक्षण तथा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन समाज परिवर्तन माध्यम भएको प्रष्ट पारे ।
उनले राजनीतिक परिवर्तनको लक्ष्यलाई बुझ्न नसक्दा समस्या भएको बताए । राजनीतिक परिवर्तनको लक्ष्यको अस्पष्टताका कारण वर्तमान समयका आन्दोलन र अभियानले सामूहिकता पाउन नसकेको उनको भनाई छ । नेतृत्वको प्रश्न कार्ल मार्क्सले भने झैँ समाज बदल्ने रहेको उनले बताए ।
‘राजनीतिक व्यवस्थाको परिवर्तन आफैमा लक्ष्य होइन । समाज बदल्ने माध्यम हो । हामीले यो कुरालाई बुझ्न नसक्दा अहिलेका आन्दोलन र अभियानहरू सामुहिकताको विषय बन्न नसकेको हो ।’ उनले भने ‘ मार्क्सले कम्युनिस्ट घोषणा पत्रमा भनेका छन्: आजसम्म त विद्वान र दार्शनिकहरूले समाजको व्याख्या त गरे मुख्य प्रश्न त समाजलाई बदल्ने हो । कम्युनिस्ट आन्दोलन समाजलाई बदल्न भएको हो ।’
नेपालमा भएका राजनीतिक क्रान्तिले अझैसम्म पनि नेतृत्वको प्रश्न हल गर्न नसकेको उनले टिप्पणी गरे । उनका अनुसार नेपालको संविधानले व्यवस्था गरेअनुसार हरेक ५/५ वर्षमा हुने निर्वाचनले नेतृत्वको प्रश्न हल गरे पनि देश समाजवादतर्फ अग्रसर हुन सकेको छैन । नेतृत्वको प्रश्नको हल गर्नु भनेको क्रान्तिलाई पूर्णता दिनु सरह महत्त्वपूर्ण रहेको उनले बताए ।
‘हाम्रो क्रान्तिले नेतृत्वको प्रश्नको हल गर्न सकेको छैन । चुनावबाट नेतृत्वको प्रश्नको हल हुन्छ । चुनाव भनेको वर्ग र राजनीतिक संघर्षको केन्द्रीय थलो हो । हामीले निर्माण गरेको संविधानले ५/५ वर्षमा हुने निर्वाचनबाट नेतृत्वको प्रश्नको हल गर्ने गर्छ । त्यसको नेतृत्व एमालेले गर्ने अवसर पायो भने जबजको बाटो हुँदै समाजवाद तर्फ जान्छ । त्यस कारण नेतृत्वको प्रश्न भनेको क्रान्तिलाई पूर्णता दिनु जत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने ।
एमालेको उद्देश्य राजनीतिक परिवर्तन मात्र नभई समाज परिवर्तन भएको उनले बताए । एमालेका नेताहरूले राजनीतिक परिवर्तनलाई लक्ष्यका रूपमा बुझेर गल्ती गरेको उनको भनाई छ ।
‘नेपालका दलहरूले पटक पटक राजनीतिक परिवर्तनको नेतृत्व भए । राजनीतिक परिवर्तनलाई हाम्रा नेतृत्वकर्ताले निकै ठुलो विषय ठान्न थाले । तर, राजनीतिक परिवर्तन सामाजिक परिवर्तनको माध्यम मात्र भनने विषय ओझेलमा पर्यो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा
-
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
-
प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल