सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैङ्किङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले सिबिफिनलाई प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरेको हो ।
वैशाख १ गते राष्ट्रपति कार्यालयमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सिबिफिनका तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहलाई हस्तान्तरण गरे । संस्थागत रूपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएको सिबिफिनले खुशी व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति आभार प्रकट गरेको छ ।
सोही अवसरमा सिबिफिनले बैङ्क तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बर्द्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैङ्किङ सेवाको विस्तार गर्ने, बैङ्किङ क्षेत्रमा देखा परेका समस्याहरूको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरूसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारवाला पक्षहरुबीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर सिबिफिनको स्थापना गरिएको र स्थापनाकालदेखि नै अनवरत रूपमा लागि पर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण