आरआर क्याम्पस प्रमुखविरुद्ध अवहेलनाको मुद्दा
काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुखविरुद्ध अदालतको अवहेलनाविरुद्धको मुद्दा परेको छ । तत्कालीन स्ववियु निर्वाचन गराउनु भनी उच्च अदालतले १४ चैतमा आन्तरिक आदेश जारी गरेको थियो । तर, अहिलेसम्म स्ववियु निर्वाचन नगराएको भन्दै अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले उच्चमा अवहेलनाको मुद्दा हालेका थिए ।
त्यसमा ७ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको छ । अन्तरिम आदेश जारी गरेको १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको थियो । त्यस्तै सबै सरोकारवाला निकायसँग छलफल गरेर स्ववियु निर्वाचन गराउन भनेको थियो । तर, क्याम्पसले निर्वाचन गराउन नसकेको भन्दै भण्डारीले अदालतमा अवहेलनाको मुद्दा हालेका हुन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको थियो । उक्त मितिमा आरआरमा निर्वाचन हुन सकेको थिएन ।
अनेरास्ववियूको तालाबन्दीका कारण आरआरमा निर्वाचन गर्न सकिएको थिएन । निर्वाचन अनिश्चित बनेपछि क्याम्पसले सबै पक्षसँग छलफल गरेर चैत २६ गतेका निर्वाचन मिति तोकेको थियो । तर, उक्त मितिमा पनि निर्वाचन हुन सकेन । त्यसअघि नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरूले ३० चैतमा रोकिएका क्याम्पसमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, यसअघि मिति तोकिएका क्याम्पसमा भने उक्त मितिमा नै निर्वाचन हुन दिने सहमति गरेका थिए । अन्तिममा आएर २६ गतेको निर्वाचन हुन सकेन ।
त्यसपछि चैत ३० गते निर्वाचन हुने भन्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, उक्त मितिमा पनि निर्वाचन हुन सकेन । विरोध गर्ने पक्षसँग क्याम्पस प्रशासन छलफल गर्न असक्षम देखिएको थियो । जसले गर्दा अहिलेसम्म निर्वाचन हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण