समाचार
स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको प्रक्रियामा
आइतबार, ०३ वैशाख २०८०, १७ : २७
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको प्रक्रियामा अघि बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्टको लाइसेन्स खारेजीको प्रक्रियामा अघि बढेको रातोपातीलाई जानकारी दिए । प्राधिकरणले आज आइबारसम्ममा नवीकरणको समय दिएको थियो । तर, कार्यालय समयभित्र कम्पनीको प्रतिनिधि सम्पर्कमा नआएपछि खारेजीको प्रक्रियामा अघि बढेको अध्यक्ष खनालले जानकारी दिए ।
स्मार्ट टेलिकम नेपालकै तेस्रो ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी हो । यसअघि नेपाल टेलिकम र एनसेल छन् । स्मार्ट टेलिकमले नवीकरण दस्तुर, फ्रिक्वेन्सी, ग्रामीण दूरञ्चार विकास कोष, रोयल्टी र जरिवाना समेत गरी करिब ३० अर्ब रुपैयाँ बुझाउन बाँकी छ । यो रकम नबुझाएपछि लाइसेन्स स्वतः खारेजीको प्रक्रियामा अघि बढ्ने प्राधिकरणले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण