शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको प्रक्रियामा

आइतबार, ०३ वैशाख २०८०, १७ : २७
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको प्रक्रियामा अघि बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्टको लाइसेन्स खारेजीको प्रक्रियामा अघि बढेको रातोपातीलाई जानकारी दिए । प्राधिकरणले आज आइबारसम्ममा नवीकरणको समय दिएको थियो । तर, कार्यालय समयभित्र कम्पनीको प्रतिनिधि सम्पर्कमा नआएपछि खारेजीको प्रक्रियामा अघि बढेको अध्यक्ष खनालले जानकारी दिए ।

स्मार्ट टेलिकम नेपालकै तेस्रो ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी हो । यसअघि नेपाल टेलिकम र एनसेल छन् । स्मार्ट टेलिकमले नवीकरण दस्तुर, फ्रिक्वेन्सी, ग्रामीण दूरञ्चार विकास कोष, रोयल्टी र जरिवाना समेत गरी करिब ३० अर्ब रुपैयाँ बुझाउन बाँकी छ । यो रकम नबुझाएपछि लाइसेन्स स्वतः खारेजीको प्रक्रियामा अघि बढ्ने प्राधिकरणले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप