प्रचण्ड नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्छः परियार
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताएका हुन् ।
उनले दलहरुका बीचमा भएको सहमति कार्यान्वयन हुने उल्लेख गरे । संसदका विषयगत समितिहरु छिटोभन्दा छिटो बनाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘यो सरकारले पूरै समय प्राप्त गर्छ । यो सरकारका कार्यकालका बारेमा दलहरुका बीचमा जे सहमति भएको छ, पूरै समय सरकारले काम गर्न पाउँछ । संसदमा समितिहरु गठन हुन सकिरहेको छैन । यसका लागि सभामुखले आवश्यक पहल गरेर छिटोभन्दा छिटो समितिहरु निर्माण गरेर सदनलाई प्रभावकारी बनाउनु पर्छ ।’
उनले वैशाख १० गतेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण