प्रचण्ड नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्छः परियार

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताएका हुन् ।
उनले दलहरुका बीचमा भएको सहमति कार्यान्वयन हुने उल्लेख गरे । संसदका विषयगत समितिहरु छिटोभन्दा छिटो बनाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘यो सरकारले पूरै समय प्राप्त गर्छ । यो सरकारका कार्यकालका बारेमा दलहरुका बीचमा जे सहमति भएको छ, पूरै समय सरकारले काम गर्न पाउँछ । संसदमा समितिहरु गठन हुन सकिरहेको छैन । यसका लागि सभामुखले आवश्यक पहल गरेर छिटोभन्दा छिटो समितिहरु निर्माण गरेर सदनलाई प्रभावकारी बनाउनु पर्छ ।’
उनले वैशाख १० गतेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित