शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय बममा रविना टण्डनको नाम

सोमबार, ०४ वैशाख २०८०, ०९ : ३९
सोमबार, ०४ वैशाख २०८०

मुम्बई । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीको एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ । यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय बम निकै चर्चित बनेका थिए । किनकी ती बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो । 

९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रूपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रविना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए । 

सन् १९९९ मा जब कारगिल युद्ध सुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए । उनीहरूले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै बम पठाएका थिए । त्यो तस्बिर उसबेला निकै भाइरल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप