भारतीय बममा रविना टण्डनको नाम
मुम्बई । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीको एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ । यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय बम निकै चर्चित बनेका थिए । किनकी ती बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो ।
९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रूपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रविना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए ।
सन् १९९९ मा जब कारगिल युद्ध सुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए । उनीहरूले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै बम पठाएका थिए । त्यो तस्बिर उसबेला निकै भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण