इन्डोनेसिया : अपहृत पाइलटको खोजी अभियानका एक सैनिकको मृत्यु
इन्डोनेसियाको पपुवामा अपहरणमा परेका न्युजिल्यान्डका पाइलट खोजी गर्नेहरुमाथि विद्रोहीले आक्रमण गरेका छन् , जसमा एक इन्डोनेसियाली सैनिकको मृत्यु भएको छ । यद्यपि विद्रोहीहरूले आफूले ११ इन्डोनेसियाली सैनिक मारेको दाबी गरेका छन् ।
एसोसिएटेड प्रेसले सेनाको स्रोतलाई उद्धृत गर्दै कम्तीमा छ जनाको मृत्यु भएको जनाएको छ । यी सैनिक फिलिप मर्टेन्स नामक न्युजिल्यान्डका अपहरण गरिएका पाइलटलाई खोज्ने अभियानमा थिए । उनी यसै वर्षको फेब्रुअरीमा अपहरणमा परेका थिए ।
वास्तवमा पपुवाका विद्रोहीहरूले दशकौंदेखि इन्डोनेसियाबाट आफ्नो स्वतन्त्रताको माग गर्दै आएका छन् । इन्डोनेसियाका सैनिकमाथि मर्टोन्सको खोजी गरिरहेका बेला आक्रमण भएको थियो । यो खोजी अभियानमा त्यतिबेला हमला गरिएको थियो जब समुहले एनड्यू पहाडमा खोज अनुसन्धान गरिरहेका थिए । पेस्ट पपुआ नेशनल लिबरेशन आर्मीले यो हमलाको जिम्मेवारी लिएको छ ।
उनीहरुले आफुविरुद्ध अभियान चलाएको भन्दै यो हमला गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण