सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसिया : अपहृत पाइलटको खोजी अभियानका एक सैनिकको मृत्यु

सोमबार, ०४ वैशाख २०८०, १३ : ११
सोमबार, ०४ वैशाख २०८०

इन्डोनेसियाको पपुवामा अपहरणमा परेका न्युजिल्यान्डका पाइलट खोजी गर्नेहरुमाथि विद्रोहीले आक्रमण गरेका छन् , जसमा एक इन्डोनेसियाली सैनिकको मृत्यु भएको छ । यद्यपि विद्रोहीहरूले आफूले ११ इन्डोनेसियाली सैनिक मारेको दाबी गरेका छन् ।

एसोसिएटेड प्रेसले सेनाको स्रोतलाई उद्धृत गर्दै कम्तीमा छ जनाको मृत्यु भएको जनाएको छ । यी सैनिक फिलिप मर्टेन्स नामक न्युजिल्यान्डका अपहरण गरिएका पाइलटलाई खोज्ने अभियानमा थिए । उनी यसै वर्षको फेब्रुअरीमा अपहरणमा परेका थिए ।

वास्तवमा पपुवाका विद्रोहीहरूले दशकौंदेखि इन्डोनेसियाबाट आफ्नो स्वतन्त्रताको माग गर्दै आएका छन् । इन्डोनेसियाका सैनिकमाथि मर्टोन्सको खोजी गरिरहेका बेला आक्रमण भएको थियो । यो खोजी अभियानमा त्यतिबेला हमला गरिएको थियो जब समुहले एनड्यू पहाडमा खोज अनुसन्धान गरिरहेका थिए । पेस्ट पपुआ नेशनल लिबरेशन आर्मीले यो हमलाको जिम्मेवारी लिएको छ । 

उनीहरुले आफुविरुद्ध अभियान चलाएको भन्दै यो हमला गरेको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप