ज्योतिष र कर्मकाण्डको ६ महिने प्रशिक्षण सुरु
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ । चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न समितिले आर्थिक वर्ष २०६६/२०६७ देखि प्रशिक्षण सुरु गरेको हो । हाल प्रशिक्षण समितिको कार्यालयस्थित नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको भवनमा सञ्चालन भइरहेको छ । बेलुकी ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण सञ्चालन हुने गर्छ ।
६ महिनामा सामान्य फलादेश र कर्मकाण्ड गर्न सक्ने जनशक्ति तयार गर्ने गरी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको कार्यक्रममा प्रशिक्षण दिने गरिएको हो । प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व र बहालवाला प्राध्यापकले प्रशिक्षण दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण