एनओसीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा
काठमाडौँ । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका छन् । निर्देशिका जारी भएसँगै एनओसी जारी गर्न रोकिएको थियो । जसले गर्दा आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
'एनओसी खारेजी गर, भविष्य अन्यौलमा नपार सरकार' भन्दै विद्यार्थीहरूले स्वतस्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग समेत गरेका छन् ।
आन्दोलन गर्नेमा विभिन्न इन्स्ट्युटहरूमा भाषा पढिरहेका विद्यार्थीहरू रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेको थियो । उक्त निर्देशिकाले पढ्नका लागि विदेन जाने विद्यार्थीहरूलाई कडाई गरेको छ ।
विशेषगरी भाषा र डिप्लोमा कोर्स अध्ययन गर्न जानका लागि उक्त निर्देशिकाले रोक लगाएको छ । निर्देशिका जारी भएसँगै विशेषगरी जापानमा पढ्न जाने विद्यार्थीहरू पूर्ण रूपमा रोकिएका छन् । त्यस्तै अस्ट्रेलिया, क्यानडा लगायतका देशमा समेत सीमित कोर्स तथा भाषा अध्ययनका लागि रोक लागेको छ ।
उक्त निर्देशिका विरोध शैक्षिक परामर्श क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले समेत विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण