बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरस्कार समारोहमा लूका कारण ११ जनाको मृत्यु

सोमबार, ०४ वैशाख २०८०, १६ : ०२
सोमबार, ०४ वैशाख २०८०

मुम्बई । भारतको महाराष्ट्रको नवी मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीको महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न आयोजित कार्यक्रममा लूका कारण ११ जनाको मृत्यु भएको छ । 

नवी मुम्बईको खारघरमा आयोजित कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरू उपस्थित रहेका थिए । त्यतिबेला नवी मुम्बईको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । जसले गर्दा मानिसहरू लूबाट प्रभावित बनेका थिए ।

हीट स्ट्रोकबाट पीडितहरूलाई तत्कालै अस्पताल लगिएको थियो । उपचारको क्रममा ११ जनाको मृत्यु भएको बताइएको छ । २४ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ । 

मुख्यन्त्री एकनाथ शिन्दे उपचाररत मानिसहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेका थिए । उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् । – बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप