पुरस्कार समारोहमा लूका कारण ११ जनाको मृत्यु
सोमबार, ०४ वैशाख २०८०, १६ : ०२
मुम्बई । भारतको महाराष्ट्रको नवी मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीको महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न आयोजित कार्यक्रममा लूका कारण ११ जनाको मृत्यु भएको छ ।
नवी मुम्बईको खारघरमा आयोजित कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरू उपस्थित रहेका थिए । त्यतिबेला नवी मुम्बईको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । जसले गर्दा मानिसहरू लूबाट प्रभावित बनेका थिए ।
हीट स्ट्रोकबाट पीडितहरूलाई तत्कालै अस्पताल लगिएको थियो । उपचारको क्रममा ११ जनाको मृत्यु भएको बताइएको छ । २४ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
मुख्यन्त्री एकनाथ शिन्दे उपचाररत मानिसहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेका थिए । उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् । – बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण