मिटरब्याजी पीडितसँगको झडपमा डिएसपीसहित ८ प्रहरी घाइते

काठमाडौँ । मिटरब्याजी पीडित र प्रहरी बीच सोमबार शान्तिबाटीकामा भएको झड्पमा डिएसपीसहित ८ जना प्रहरी घाइते भएका छन् । प्रहरी वृत दरबारमार्गमा कार्यरत डिएसपी कोपिला चुँडालसहित ८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
झडपमा मिटरब्याजी पीडितहरुतर्फ २० जना घाइते भएका छन् । दुवै तर्फका घाइतेहरुको बीर अस्पताल स्थिा ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रदर्शनमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई रिहा गरिएको एसपी रिजालले बताए ।
शान्तिबाटीका भित्र कार्यक्रम गर्ने भनिएपनि मिटरब्याजी पीडितहरु भाटा लिएर सिंहदरबारतर्फ अघि बढेपछि झडपको अवस्था आएको प्रहरीको भनाइ छ । एसपी रिजाल भन्छन्–‘शान्ति बाटीकाभित्र कार्यक्रम गर्नुस् भनेर आग्रह गर्दा प्रहरीमाथि इँट्टा बर्साउने काम भएपछि झडपको अवस्था आएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
-
इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त
-
गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक
-
सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
-
काभ्रेका २ सहकारी संस्था मर्जर
-
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा