मिटरब्याजी पीडितसँगको झडपमा डिएसपीसहित ८ प्रहरी घाइते
काठमाडौँ । मिटरब्याजी पीडित र प्रहरी बीच सोमबार शान्तिबाटीकामा भएको झड्पमा डिएसपीसहित ८ जना प्रहरी घाइते भएका छन् । प्रहरी वृत दरबारमार्गमा कार्यरत डिएसपी कोपिला चुँडालसहित ८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
झडपमा मिटरब्याजी पीडितहरुतर्फ २० जना घाइते भएका छन् । दुवै तर्फका घाइतेहरुको बीर अस्पताल स्थिा ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रदर्शनमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई रिहा गरिएको एसपी रिजालले बताए ।
शान्तिबाटीका भित्र कार्यक्रम गर्ने भनिएपनि मिटरब्याजी पीडितहरु भाटा लिएर सिंहदरबारतर्फ अघि बढेपछि झडपको अवस्था आएको प्रहरीको भनाइ छ । एसपी रिजाल भन्छन्–‘शान्ति बाटीकाभित्र कार्यक्रम गर्नुस् भनेर आग्रह गर्दा प्रहरीमाथि इँट्टा बर्साउने काम भएपछि झडपको अवस्था आएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण