ज्ञानेन्द्र शाहीको घोषणा–मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् ।
उनले भने,‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडिको नाममा जम्मा गरिदिने छु । सबै प्रदेश संघिय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र उनीहरुले देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ ।’
उनले महालेखा परीक्षकले गरेको लेखापरिक्षणमा अघिल्लो वर्षभन्दा यो वर्ष २१ प्रतिशत बेरुजु बढेको र यो भ्रष्टाचार भएको उल्लेख गरे । २० खर्ब ८० अर्ब वैदेशिक ऋण रहेको बताउँदै वैदेशिक रोजगारीमा जान यो वर्ष ६ लाख ३० हजार जनाले आवेदन दिएको बताए । यस ८ महिनामा मात्रै ९ खर्ब ९३ अर्बको व्यापार घाटा भएको बताउँदै नेपालको इतिहासमा सबैभन्दा ठूलो व्यापार घाटा भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका मध्ये हालसम्म १० हजार ८३९ जनाले अकालमा ज्यान गुमाएको जानकारी गराए ।
उनले प्रदेशमा व्यापक खर्च भएको भन्दै प्रदेश खारेज गर्न र प्रतिनिधि सभामा २०५ जना मात्र सांसद रहने व्यवस्था गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण