ज्ञानेन्द्र शाहीको घोषणा–मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् ।
उनले भने,‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडिको नाममा जम्मा गरिदिने छु । सबै प्रदेश संघिय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र उनीहरुले देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ ।’
उनले महालेखा परीक्षकले गरेको लेखापरिक्षणमा अघिल्लो वर्षभन्दा यो वर्ष २१ प्रतिशत बेरुजु बढेको र यो भ्रष्टाचार भएको उल्लेख गरे । २० खर्ब ८० अर्ब वैदेशिक ऋण रहेको बताउँदै वैदेशिक रोजगारीमा जान यो वर्ष ६ लाख ३० हजार जनाले आवेदन दिएको बताए । यस ८ महिनामा मात्रै ९ खर्ब ९३ अर्बको व्यापार घाटा भएको बताउँदै नेपालको इतिहासमा सबैभन्दा ठूलो व्यापार घाटा भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका मध्ये हालसम्म १० हजार ८३९ जनाले अकालमा ज्यान गुमाएको जानकारी गराए ।
उनले प्रदेशमा व्यापक खर्च भएको भन्दै प्रदेश खारेज गर्न र प्रतिनिधि सभामा २०५ जना मात्र सांसद रहने व्यवस्था गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलिदेखि मौसम सुध्रने, लगातार झरी नहुने
-
निमित्त प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
-
पाकिस्तान : अफगान शरणार्थी नागरिकलाई दुई महिनाभित्र देश छोड्न निर्देशन
-
सुवेदी र जोशीलाई अनुवाद पुरस्कार
-
अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
-
इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त