डेङ्गु रोक्न लामखुट्टेको बन्ध्याकरण
अर्जेन्टिनामा डेंगु ज्वरोसँग लड्नका लागि वैज्ञानिकले एउटा प्रयोग गरेका छन् । उनीहरुले रेडिएशनमार्फत् लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् ।
नेशनल एटोमिक एनर्जी कमिसन (सीएनईए) की बायोलोजिस्ट मारियानेला गार्सिया अल्बाले बन्ध्याकरणको तरिकाबारे जानकारी दिएकी छिन् । वैज्ञानिकले आयोनाइजिङ एनर्जीमार्फत् भाले लामखुट्टेको बन्ध्याकरण गरिरहेको उनले बताइन् ।
सन्तान जन्माउन सक्दैनन्
यो प्रक्रियापछि भाले लामखुट्टेलाई छोडिन्छ । यसरी बन्ध्याकरण गरिएका भाले लामखुट्टेले पोथी लामखुट्टेसँग मिलेर सन्तान जन्माउन सक्दैनन् । यसरी यिनीहरूको जनसङ्ख्या कम हुनेछ ।
हरेक हप्ता १० हजार लामखुट्टे
वैज्ञानिकले हरेक हप्ता दस हजारभन्दा बढी लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् । यिनीहरूलाई केही समयपछि बाहिर छोडिनेछ ।
४० हजारभन्दा बढीलाई डेंगु ज्वरो
अर्जेन्टिनामा डेंगु एक ठुलो खतरा बनिसकेको छ । लामखुट्टेले टोकेपछि हुने यो रोगको यस वर्ष हालसम्म ४० हजारभन्दा बढी बिरामी भेटिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण