आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो

मङ्गलबार, ०५ वैशाख २०८०, १७ : ४०
मङ्गलबार, ०५ वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ ।

कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ । 

उनका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् । 

उनका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छ  ।  कांग्रेसभित्र बिसी संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् ।

यस्तै मन्त्रालयको सख्या ८ कायम गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप