धिरजको ‘आई एम ट्वान्टी वान’लाई अनमोल र प्रदीपको साथ
काठमाडौँ । नेपाली फिल्मका कलाकारबीच एकता छैन । एकको फिल्म रिलिज हुँदा अर्कोले सहयोग गर्ने परिपाटी छैन ।
२१ वैशाखबाट रिलिज हुन लागेको फिल्मले भने कलाकारको साथ पाएको छ ।
रेनशा राई रानाको निर्देशित फिल्मलाई अभिनेता प्रदीप खड्का र अनमोलको साथ देखिएको छ । धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मका केही अगाडि सार्वजनिक ट्रेलर अभिनेता अनमोल केसीले इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै फिल्मको टिमलाई नै शुभकामना दिएका थिए ।
अहिले अभिनेत प्रदीप खड्काले पनि फिल्मको ट्रेलर सामाजिक सञ्जालमा शेयर गर्दै धिरज, जसिता, रेनशा र सिंगो टिमलाई शुभकामना दिएका छन् । प्रदीपले ट्रेलर शेयर गर्दै शुभकामना दिएपछि निर्देशक रेनशाले उनलाई ‘लभ यू’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।
उनले फिल्मको ट्रेलरबाट आफू उत्साहित भएको समेत लेखेका छन् । फिल्म क्षेत्रमा धिरजलाई अनमोल र प्रदीपको प्रतिस्पर्धी मानिन्छन् । तर, अब यो फिल्मको प्रमोशनमा अनमोल र प्रदीप नै अगाडि देखिए । यसबाट यो फिल्ममा कलाकारको साथ रहेको अनुमान गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण