पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर भयो : नेता कोइराला
कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
बिपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली कांग्रेसले छाड्न नहुने उनको भनाइ थियो । “विचार विनाको राजनीतिबाट कुनै गन्तव्यमा पुग्न सकिँदैन”, उनले भने, “पार्टीको आउँदो १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीका रूपमा विकास गर्नुपर्छ ।”
नेपाली कांग्रेस प्रजातन्त्रप्रति विश्वास राख्ने पार्टी हो भन्दै नेता कोइरालाले कांग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैँ प्रतिबद्ध रहेको यी कुरामा कसैसँग सम्झौता नगर्ने स्पष्ट गरे ।
तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्किएको डा कोइरालाले तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन जित्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेलाई आफूले यसअघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उनी चितवनमा निर्वाचन लड्न नगएको नेता कोइरालाले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले नेपाली कांग्रेसले वर्तमान अवस्थाको फाइदा लिँदै पार्टी र सङ्गठन विस्तारमा जुट्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण