अदालत
बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा
बुधबार, ०६ वैशाख २०८०, ११ : २४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
-
फिफा विश्वकप २०२६ का १२ अद्वितीय प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण