१६ हलमा ५१औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म हो ‘छक्कापञ्जा ४’ । फिल्मले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ ।
‘फिल्मले उपत्यका तथा उपत्यका बाहिरको गरेर १६ हलमा प्रदर्शनको ५१ औं दिन मनाउन लागेको छ’ कलाकार तथा निर्माता दीपकले भने ‘५१ आंै दिनको सेलिब्रेसन तयारीमा हामी छौं,’ फिल्मले अहिले पनि दर्शक राम्रो पाइरहेको दीपकले सुनाए ।
गत १९ फागुनमा रिलिज भएको ‘छक्कापञ्जा ४’ हेमराजी बिसी निर्देशन गरेका हुन् । राजनीतिक विषय कथाको रुपमा उठाएको फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।
फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण