जब ४५ वर्षका पुरुषले किशोरीको भेष धारणा गरेर चर्चा बटुले
ट्विटरमा राख्ने धेरैजसो फोटोमा नानामी काना जापानी किशोरी झैँ देखिन्छिन् । तर उनले हालै आफ्ना प्रशंसकलाई चकित पारिदिएकी छिन् । १२ वर्ष अघिको उनको फोटो ट्विटरमा देखेपछि धेरै मानिस जिल खाए । नानामी वास्तवमा झ्याप्प दाह्री भएको अत्यधिक मोटो पुरुष भएको थाहा पाएपछि मानिसहरू अचम्मित भएका थिए ।
ट्विटरमा ३५ हजार फलोअर भएकी नानामी काना खासमा ४५ वर्षका एक सन्तानका पिता हुन् जसलाई महिलाको लुगा लगाएर किशोरीको भेष धारण गर्न मन पर्छ । उनले यो काम निकै राम्रोसँग पनि गरे किनभने उनले आफ्नो वास्तविक तस्बिर ट्विटरमा राख्दा धेरैले पत्याएनन् । १२ वर्ष अघिको फोटोमा उनी अहिलेको भन्दा ६० किलो बढी थिए ।
नानामीले आफ्नो पुरानो फोटो गत वर्षको जुनमा सार्वजनिक गरे । जुन तत्काल भाइरल भयो । उनका प्रशंसक यति ठुलो रूपान्तरण कसरी सम्भव भयो भनेर जान्न उत्सुक भए । यसबारे उनले जवाफ पनि फर्काएका छन् । उनका अनुसार यो यात्रा करिब ८ वर्षअघि सुरु भएको थियो । त्यति बेला उनी ११५ किलोका थिए । डाक्टरले स्वास्थ्यमा गम्भीर समस्या निम्तिने चेतावनी दिएपछि उनी तौल घटाउने कुरामा ध्यान दिन थाले ।
सुरुमा उनले तौल घटाउन तोफु मात्रै खाए । उनलाई यसका लागि पाँच वर्ष लाग्यो तर यो अवधिमा उनले आफ्नो आधाभन्दा बढी तौल घटाए । उनी अहिले ५४ किलोका छन् । पहिला डबल एक्सएलको लुगा लगाउँथे भने अहिले मिडियम साइजको लगाउँछन् । उनको खुट्टाको साइज पनि २९ सिएमबाट २७ सिएममा झर्यो ।
आफ्नो तौल आधाभन्दा बढी घटाउन सफल भएपछि नानामीले आफ्नो अर्को सपना पनि पुरा गरे । उनलाई युवतीहरूको लुगा लगाएर फोटो सुट गर्न असाध्यै मन पर्छ । उनले यसै गरे र चर्चा बटुले ।

おはかなち😇 pic.twitter.com/TJFQNPnfiQ
— ℕ𝕒𝕟𝕒𝕞𝕚 𝕂𝕒𝕟𝕒 (@nanamikana1128) March 26, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण