आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जब ४५ वर्षका पुरुषले किशोरीको भेष धारणा गरेर चर्चा बटुले

बुधबार, ०६ वैशाख २०८०, १७ : ०५
बुधबार, ०६ वैशाख २०८०

ट्विटरमा राख्ने धेरैजसो फोटोमा नानामी काना जापानी किशोरी झैँ देखिन्छिन् । तर उनले हालै आफ्ना प्रशंसकलाई चकित पारिदिएकी छिन् । १२ वर्ष अघिको उनको फोटो ट्विटरमा देखेपछि धेरै मानिस जिल खाए । नानामी वास्तवमा झ्याप्प दाह्री भएको अत्यधिक मोटो पुरुष भएको थाहा पाएपछि मानिसहरू अचम्मित भएका थिए । 

ट्विटरमा ३५ हजार फलोअर भएकी नानामी काना खासमा ४५ वर्षका एक सन्तानका पिता हुन् जसलाई महिलाको लुगा लगाएर किशोरीको भेष धारण गर्न मन पर्छ । उनले यो काम निकै राम्रोसँग पनि गरे किनभने उनले आफ्नो वास्तविक तस्बिर ट्विटरमा राख्दा धेरैले पत्याएनन् । १२ वर्ष अघिको फोटोमा उनी अहिलेको भन्दा ६० किलो बढी थिए । 

Nanami-Kana-transformation2नानामीले आफ्नो पुरानो फोटो गत वर्षको जुनमा सार्वजनिक गरे । जुन तत्काल भाइरल भयो । उनका प्रशंसक यति ठुलो रूपान्तरण कसरी सम्भव भयो भनेर जान्न उत्सुक भए । यसबारे उनले जवाफ पनि फर्काएका छन् । उनका अनुसार यो यात्रा करिब ८ वर्षअघि सुरु भएको थियो । त्यति बेला उनी ११५ किलोका थिए । डाक्टरले स्वास्थ्यमा गम्भीर समस्या निम्तिने चेतावनी दिएपछि उनी तौल घटाउने कुरामा ध्यान दिन थाले ।

Nanami-Kana-transformation3सुरुमा उनले तौल घटाउन तोफु मात्रै खाए । उनलाई यसका लागि पाँच वर्ष लाग्यो तर यो अवधिमा उनले आफ्नो आधाभन्दा बढी तौल घटाए । उनी अहिले ५४ किलोका छन् । पहिला डबल एक्सएलको लुगा लगाउँथे भने अहिले मिडियम साइजको लगाउँछन् । उनको खुट्टाको साइज पनि २९ सिएमबाट २७ सिएममा झर्‍यो ।

आफ्नो तौल आधाभन्दा बढी घटाउन सफल भएपछि नानामीले आफ्नो अर्को सपना पनि पुरा गरे । उनलाई युवतीहरूको लुगा लगाएर फोटो सुट गर्न असाध्यै मन पर्छ । उनले यसै गरे र चर्चा बटुले ।

Nanami-Kana-transformation4

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप