बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित स्ववियुलाई प्रशिक्षण गर्दै त्रिभुवन विश्वविद्यालय

बुधबार, ०६ वैशाख २०८०, १९ : ३१
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नव निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई प्रशिक्षण दिने भएको छ । 

उनीहरूको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिन लागेको हो । त्यसका लागि सम्बन्धित क्याम्पसले नै उनीहरूलाई ऐन, कानुन लगायतका विषयमा जानकारी गराइनेछ ।

त्रिविमा लामो समयपछि स्ववियु निर्वाचन भएको थियो । नवनिर्वाचित स्ववियु पदाधिकारीलाई के काम गर्ने ? कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्योल देखिन्छन् । उनीहरूको अन्यौलता चिर्न र सही तरिकाले काम गर्न भन्दै प्रशिक्षण दिन लागिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले बताए ।

त्रिवि स्ववियु निर्वाचन सम्बन्धमा त्रिवि शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा ८२ देखि ८४ सम्ममा उल्लेख छन् । त्यसका विषयमा स्ववियुलाई जानकारी गराउन लागिएको अधिकारीले बताए ।

सम्बन्धित क्याम्पसले नै स्ववियुलाई प्रशिक्षण दिन लागेको हो । काम कर्तव्य अनुशासन स्ववियु भनेको के हो जस्ता विषयमा जानकारी गराइने उनको भनाई छ ।

'स्ववियु कुनै कार्यकारी पद नभएर स्वयंसेवक हो । विद्यार्थीहरूमा स्ववियु जितेपछि के के न जिते जस्तो भएको होला । या के काम गर्ने हो ? कसरी गर्ने हो ? भन्ने विषयमा अन्यौलता परेका हुन सक्छन् । ती सबै विषयमा जानकारी गराइन्छ,' निर्देशक अधिकारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप