शुक्लाफाँटा निकुञ्जको आधा क्षेत्रमा डढेलो
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए । “बस्ती नजिकबाटै डढेलो सुरु भएको थियो, अझै नियन्त्रणमा आएको छैन, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ”, उनले भने, “डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौँ ।”
डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमितरुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उनले बताए । उनका अनुसार डढेलोका कारण सात/आठ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।
निकुञ्जले पहिलो चरणमा काठे पुल, मचानलगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ । डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ । बस्तीसँगै जोडिएका क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण