के–पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन
के-पप स्टार मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । गायकको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको छ ।
दक्षिण कोरियाली सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै मुनबिन बुधवार राति उनको सोलको अपार्टमेन्टमा अचेत अवस्थामा फेला पारेको बताएको छ । उनका म्यानेजरले उनलाई अचेत अवस्थामा भेटेका थिए ।
मुनबिनले आफ्नो जीवनमा ‘कडा निर्णय’ लिएको र मृत्युको कारण पत्ता लगाउन मुद्दाको हरेक पक्षमा अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।
मुनबिनको रेकर्डिङ कम्पनी फन्टियागोले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनी अचानक हामीलाई छोडेर आकाशको तारा बनेका छन् ।’
सन् २०१६ मा दक्षिण कोरियाली बोय ब्यान्ड स्ट्रोको हिस्सा बन्नुअघि मुनबिन एक अभिनेता र मोडल थिए ।
फन्टियागोले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘सबै मानिसहरूले कुनै पनि प्रकारको अड्कलबाजी गर्नबाट जोगिनुहोस् ताकि उनको परिवारले उनलाई शान्तिका साथ सम्मानजनक बिदाइ दिन सकुन् ।’
मुनबिन बाल्यकालमा फन्टियागोको प्रशिक्षार्थी कार्यक्रममा सामेल भए र पछि एस्ट्रोको ब्यान्डको एक हिस्सा भए । यो समूहमा ६ जना सदस्य थिए तर यीमध्ये एक सदस्यले यसै वर्षको फेब्रुअरीमा नै ब्यान्ड छोडेका थिए ।
उनकी बहिनी मुन सुना पनि के–पप गायिका हुन् र गर्ल ब्यान्ड बिलीको हिस्सा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण