तत्काल माग पुरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पुरा नभए काठमाडौं उपत्यका लगायतका स्थानबाट ल्याइने फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएका हुन् ।
गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका वडाअध्यक्ष र स्थानीय सरोकारवालहरुबीच विभिन्न सम्झौता भएका थिए । दुई नगरपालिकाले सम्झौता अनुरुपका बुँदाहरु तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै ७ बुँदे प्रस्ता अघि सारेका छन् ।
विज्ञप्तिमा फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्युन प्रभाव पर्ने फोहोरमैला व्यवस्थापन गर्न र बञ्चरडाँडाबाट निस्किएका फोहोरको लिच्चडलाई कोल्पुखोालामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, सिसडोल र बञ्चरेडाँडामा के कस्ता प्रकृतिका इआइए गरियो, कति गरियो, कार्यान्वयनको अवस्था कस्तो रह्यो र कुन कुन निकायबाट इआइए गरियो सोको जानकारी उपलब्ध गराउनुपर्ने, ककनी गाउँपालिका र धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्नुपर्ने लागयतका माग राखिएको छ ।
यसअघि बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले पनि विभिन्न माग राखी पुनः आन्दोलन गर्ने घोषणा गरिसकेको छ । समितिले पूर्व सहमति कार्यान्वयन नगरिएको भन्दै आगामी वैशाख मसान्तसम्म आफ्ना सबै माग सम्बोधन नभए जेठ १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण