तराईका जिल्लामा तातो हावा चल्नसक्ने, ‘लु’बाट कसरी जोगिने ?
काठमाडौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ ।
‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौँ’, मन्त्रालयले भनेको छ ।
मन्त्रालयका अनुसार लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुने पर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ । यस्तै शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने मन्त्रालयको भनाइ छ ।
तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कन, फलफूलको रस र प्रशस्त पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ । यस्तै धेरै पसिना आएमा कहिलेकाहिँ जीवनजल पिउन, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, चिसो पानीले नुहाउन, मदिरा सेवन नगर्न, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन मन्त्रालयले आग्रह गरेको छ । क्याफिनले धेरै पिसाब गराउने भएकाले चिया, कफी, सोडा जस्ता पेय पदार्थ पिउन नहुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्ने भन्दै केही समस्या देखिए तत्काल अस्पतालमा जान पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण