बैंक नाफासँगै जोखिम बढ्यो
बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ ।
प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो ११ दशमलव ६७ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा बैंकहरूले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चैतसम्ममा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको सोही त्रैमासको तुलनामा सर्वाधिक नाफा वृद्धिदर एभरेष्ट बैंकको छ । उसले ६२ दशमलव ६३ प्रतिशतले नाफा बढाएको देखिएको छ । चैतसम्ममा सातओटा बैंकको नाफा पोहोरको तुलनामा घटेको देखिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण