बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आज रातिबाट बारास्थित नेपाल–भारत सीमा नाका बन्द हुने

शुक्रबार, ०८ वैशाख २०८०, ०६ : ५२
शुक्रबार, ०८ वैशाख २०८०

बारा । वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल भारत सीमा बन्द गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो । 

यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप