बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

शुक्रबार, ०८ वैशाख २०८०, १२ : ५५
शुक्रबार, ०८ वैशाख २०८०

मोरक्को । मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार  सो  तथ्याङ्क सार्वजनिक गरेको छ । महिला र नाबालिगहरू सहित आप्रवासीहरू प्रायः उपसहारा अफ्रिकाका  रहेको एजेन्सीले सैन्य विज्ञप्तिलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

भूमध्यसागर र एट्लान्टिकमा कार्यरत मोरक्कन शाही नौसेनाका कोस्टगार्ड एकाइहरूले विभिन्न कारबाहीका क्रममा आप्रवासीहरूलाई उद्धार गरेका छन् । जब तिनीहरू फ्ल्याटेबल डुङ्गा,कयाक,जेट(स्की र पौडी खेलिरहेको अवस्थामा थिए ।

केही आप्रवासीहरूको स्वास्थ्य अवस्था खराब रहेको र विभिन्न मोरक्कन बन्दरगाहहरूमा फिर्ता ल्याइनुअघि नौसेनाबाट प्राथमिक उपचार प्रदान गरिएको थियो । मोरक्को युरोप पुग्न खोज्ने उपसहारा अफ्रिकी आप्रवासीहरूको लागि महत्त्वपूर्ण क्रसिङ पोइन्ट भएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप