सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री अधिकारीको सम्पत्ति : पोखरामा जग्गा, चितवनमा रिसोर्ट र काठमाडौँमा घडेरी

शुक्रबार, ०८ वैशाख २०८०, १८ : ३६
शुक्रबार, ०८ वैशाख २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो   सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण प्रकाशन गरेका हुन् । 

सार्वजनिक भएको विवरण अनुसार मुख्यमन्त्री अधिकारीको पोखरामा दजनांंै रोपनी जग्गा छ । उक्त जग्गा आफ्नो पूख्यौली भएको उनले विवरणमा उल्लेख गरेका छन् । 

पोखरा १२ मा २ करोडको घर र जन्मभूमि बेगनासमा ८ ठाउँमा दजनौं रोपनी जग्गा छ । अधिकारीको साथमा नगद  १५ लाख र ३ तोला सुन छ । त्यो सम्पत्ति स्वआर्जन र अंशवण्डाबाट प्राप्त गरेको विवरणमा उल्लेख छ । 

‘विभिन्न सहकारी र बैंकहरु १० लाख रुपैयाँ मौज्दात र गण्डकी विकास बैंकमा २४५६ कित्ता शेयर छ,’ विवरणमा उल्लेख छ । 

अधिकारीले सुनिल पाण्डे, सुभाष अधिकारी र ओमकार अधिकारीसँग ३० लाख ऋण लिएको देखाएका छन् । जसमा उनले १० लाखमात्र तिरेका छन् । साथमा ५० लाख बराबरको स्कार्पियो छ । अधिकारीले कृषि पसलबाट वार्षिक ६ लाख आम्दानी हुने विवरणमा उल्लेख गरेका छन् । 

श्रीमतीको नाममा साढे १६ लाखको कृषि फर्ममा, चितवनमा २० लाख बराबरको रिसोर्ट र काठमाडौँको चन्द्रगिरि नगरपालिका ८ मा ८० लाख ऋण लिएर ८ आना घडेरी किनेको पनि उल्लेख छ । श्रीमति रमा पाण्डे प्राथमिक विद्यालयकी दरबन्दी शिक्षक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप