मुख्यमन्त्री अधिकारीको सम्पत्ति : पोखरामा जग्गा, चितवनमा रिसोर्ट र काठमाडौँमा घडेरी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण प्रकाशन गरेका हुन् ।
सार्वजनिक भएको विवरण अनुसार मुख्यमन्त्री अधिकारीको पोखरामा दजनांंै रोपनी जग्गा छ । उक्त जग्गा आफ्नो पूख्यौली भएको उनले विवरणमा उल्लेख गरेका छन् ।
पोखरा १२ मा २ करोडको घर र जन्मभूमि बेगनासमा ८ ठाउँमा दजनौं रोपनी जग्गा छ । अधिकारीको साथमा नगद १५ लाख र ३ तोला सुन छ । त्यो सम्पत्ति स्वआर्जन र अंशवण्डाबाट प्राप्त गरेको विवरणमा उल्लेख छ ।
‘विभिन्न सहकारी र बैंकहरु १० लाख रुपैयाँ मौज्दात र गण्डकी विकास बैंकमा २४५६ कित्ता शेयर छ,’ विवरणमा उल्लेख छ ।
अधिकारीले सुनिल पाण्डे, सुभाष अधिकारी र ओमकार अधिकारीसँग ३० लाख ऋण लिएको देखाएका छन् । जसमा उनले १० लाखमात्र तिरेका छन् । साथमा ५० लाख बराबरको स्कार्पियो छ । अधिकारीले कृषि पसलबाट वार्षिक ६ लाख आम्दानी हुने विवरणमा उल्लेख गरेका छन् ।
श्रीमतीको नाममा साढे १६ लाखको कृषि फर्ममा, चितवनमा २० लाख बराबरको रिसोर्ट र काठमाडौँको चन्द्रगिरि नगरपालिका ८ मा ८० लाख ऋण लिएर ८ आना घडेरी किनेको पनि उल्लेख छ । श्रीमति रमा पाण्डे प्राथमिक विद्यालयकी दरबन्दी शिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण