मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात
मुस्ताङ । मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र वेमौसमी हिमपात भएको छ ।
मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो ।
हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए । मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ । वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजिवन प्रभावित भएको बताए । उनका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहाराको समस्या भएको जनाइएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरु हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरी–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
यसपाली पुस र माघमा हिमपात भएको थिएन । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण