बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
बेथिति

मधेसको राजधानीमै रहेको प्रादेशिक अस्पतालको दुर्गति (तस्बिरहरु)

शनिबार, ०९ वैशाख २०८०, ०७ : ५२
शनिबार, ०९ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा दैनिक सयौं बिरामी स्वास्थ्योपचारका लागि आउने गरेका छन् । तर अस्पतालकै दुर्गती देखेर सेवाग्राहीले सास्ती व्यहोरेको मात्र होइन, जनसरोकारका विषयमा प्रदेश सरकार कति लापरवाह देखिन्छ भन्ने उदाहरण पनि उजागर भइरहेको छ ।

यो अस्पतालमा धनुषा तथा आसपास जिल्लाबाट मात्र नभएर सीमापारी भारतबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेका छन् । तर अस्पतालको दुर्गति देखेर बिरामीमात्र होइन, कुरुवाका रुपमा आउने उनीहरुका आफन्तसमेत बिरामी भएर फर्कनुपर्ने हो कि भन्ने त्रास कायम छ ।

अस्पतालको वार्डमा क्षमताभन्दा बढी बेड राखिएको छ भने बेडमा तन्नाको व्यवस्थासमेत नरहेको बिरामीका आफन्तको गुनासो छ ।

यतिमात्रै होइन, आकस्मिक विभागमा रहेको शौचालयको अवस्था पनि दयनीय छ । नियमित सरसफाइ नहुँदा अस्पतालभित्र दुर्गन्ध फैलिएको छ । यस्तै अस्पतालका झ्याल ढोकामा जालीको व्यवस्था नहुँदा लामखुट्टेबाट समेत बिरामी र कुरुवा प्रताडित हुँदै आएका छन् ।

IMG_20230419_112005

जनशक्तिको अभाव छ : उपनिर्देशक डा. दास

प्रादेशिक अस्पतालका उपनिर्देशक डा.कुलदिप दास अस्पतालमा सरसफाइ तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा केही कमजोरी रहेको स्वीकार्छन् । तर, पहिले भन्दा अहिले धेरै सुधार भएको उनको दाबी छ ।

डा. दासले अस्पतालमा जनशक्ति र संरचनाको अभाव रहेको बताए । ‘हामी सम्बन्धित निकायसँग आवश्यक जनशक्ति र संचरना उपलब्ध गराइदिन छलफलकै क्रममा छौं,’ उनले भने, ‘यी कुरा सम्बोधन भएमा अस्पतालको बारेमा गुनासो गर्ने ठाउँ नभेट्ने बनाउँछौं ।’

IMG_20230421_125401

साविकको जनकपुर अञ्चल अस्पताललाई नै अहिले प्रादेशिक अस्पताल बनाइएको र जनशक्ति तथा पूर्वाधार थप गर्न बाँकी रहेको उनको भनाइ छ ।

‘अञ्चल अस्पताल रहँदा ४६ जना सरसफाईकर्मी थिए, उनीहरुलाई नै अहिले प्रादेशिक अस्पतालको सरसफाइको जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘कम जनशक्ति भए पनि सक्दो परिचालन गरेर परिणाम ल्याउन खोजिरहेका छौं ।’

उनले ४६ जना सरसफाई कर्मचारीलाई ३ सिफ्टमा परिचालन गरेर काम गराइरहेको जानकारी दिए ।

IMG_20230419_112028

प्रतिष्ठानकै उपकुलपतिको उपचार भारतमा

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको यो अस्पतालमा प्रतिष्ठानकै उपकुलपति डा. रामकेवल साहलाई भरोसा छैन । उपकुलपति साह आफ्नो स्वास्थ्य उपचारका लागि लामो समयदेखि भारतमा छन् ।

प्रादेशिक अस्पतालमा कार्यरत धेरैजसो चिकित्सकले अस्पताल बाहिर निजी क्लिनिक सञ्चालन गर्दै आएका छन् । यसबारेमा रातोपाटीले केही अघि समाचारसमेत प्रकाशित गरेको थियो ।

टाढादेखि उपचारका लागि आएका बिरामीहरुले भनेको समयमा चिकित्सकलाई भेट्न सक्दैनन् । अस्पतालमा सामान्य चेकजाँच सकेर चिकित्सकहरु आफ्नै क्लिनिकमा केन्द्रित हुन्छन् र बिरामीलाई समेत क्लिनिकमै आउन या फर्केर अन्य सहरमा जान बाध्य पार्ने गरेका छन् ।

विभागीय प्रमुखहरु डा.राम नरेश पण्डित, डा. रामदेव चौधरी, डा. मनिष पाण्डे लगायतका चिकित्सकको क्लिनिक अस्पताल वरिपरि नै छन् ।

342212805_1234615510755934_7216289923189262236_n342507456_247226207869140_1898612666785913839_n1682074608897IMG_20230419_110839IMG_20230419_110919IMG_20230419_111435IMG_20230419_111905IMG_20230419_112009IMG_20230419_112105IMG_20230419_113638IMG_20230419_114729 copyIMG_20230421_125401

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप