मोरङमा पनि हर्षोल्लासका साथ मनाइयो इदुलफित्र
मोरङ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । विराटनगर महानगरपालिका–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ ।
एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने प्रचलन रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण