मोदी इनर्जीले वैशाख १९ देखि आईपीओ बिक्री खुलाउने
मोदी इनर्जीले यही वैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले ५९ लाख ९५ हजार कित्ता सेयर बिक्री खुलाउन लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ बिक्री गरिसकेको छ । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीको योजना कम्पनीले बनाएको थियो ।
यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो । यसमध्ये ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूलाई, २ लाख १७ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ सकिएको छ ।
यसैगरी, ८६ हजार कित्ता सेयर कर्मचारीका लागि छुटाइएको थियो । स्थानीय बासिन्दाका लागि छुट्याएर बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्तासहित कूल ५९ लाख ९५ हजार ६१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको हो । आईपीओमा वैशाख १९ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण