बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी इनर्जीले वैशाख १९ देखि आईपीओ बिक्री खुलाउने

आइतबार, १० वैशाख २०८०, १० : ३४
आइतबार, १० वैशाख २०८०

मोदी इनर्जीले यही वैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले ५९ लाख ९५ हजार कित्ता सेयर बिक्री खुलाउन लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ बिक्री गरिसकेको छ । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीको योजना कम्पनीले बनाएको थियो ।

यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो । यसमध्ये ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूलाई, २ लाख १७ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ सकिएको छ ।

यसैगरी, ८६ हजार कित्ता सेयर कर्मचारीका लागि छुटाइएको थियो । स्थानीय बासिन्दाका लागि छुट्याएर बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्तासहित कूल ५९ लाख ९५ हजार ६१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको हो । आईपीओमा वैशाख १९ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप