इदमा शानको यो तस्बिरका लागि किन भयो विवाद ?
चर्चित गायक शानले शनिवार इन्स्टाग्राममा इदको अवसरमा तस्बिर पोस्ट गर्दै इदको शुभकामना दिएका छन् । तर, यो तस्बिरलाई लिएर शान ट्रोल हुन थाले । पछि, एक भिडियो राखेर शानले यो तस्बिर र उनको ट्रोलिङ बारे आफ्नो पक्ष प्रस्तुत गरेका छन् ।
शानले के भने ?
उनले भने, ‘मैले भर्खरै इन्स्टाग्राममा इदको शुभकामना दिँदै शुभकामना पोस्ट गरेको थिएँ, जसमा ‘करम कर दे’ गीतको भिडियोको स्न्यापसट राखेको थिएँ । यसमा मेरो लुक टोपी लगाएर नमाज पढिरहेको थियो । तर, हिन्दु भएर यो सब गर्न के आवश्यक थियो र भनेर धेरैले प्रतिक्रिया दिएका छन् ।’
शानले भने, ‘मलाई केही महिनाअघि गोल्डेन टेम्पल गएको सम्झना छ । त्यहाँ टाउको छोप्नु पर्छ । मैले त्यसो गरेको तस्बिर पनि खिचेँ तर त्यसमा यस्ता प्रतिक्रिया आएनन् । राम नवमी र अन्य हिन्दु चाडबाडमा पारम्परिक भारतीय कपडा लगाएर फोटो हालिन्छ ताकि त्यसको एउटा अनुभूति आओस् । खासमा कुरा यत्ति मात्रै थियो ।’
उनले थपे, ‘कसैको लुगा लगाएर, कसैको लुक धारण गरेर यदि हामीले उहाँहरूलाई र त्यो मौकालाई इज्जत गर्छौँ भने यसले आफ्नो धर्म बिगार्यो भन्नु ठिक होला ? यस्तो खालको सोच भएका मानिसहरूले आफ्नो सोचलाई थोरै फेर्नुहोस् भन्न चाहन्छु । हामी एक प्रगतिशील देश हौँ र विकासतर्फ अघि बढिरहेका छौँ । हामीले यदि यति पनि सहिष्णुता छैन भने हामी कसरी अघि बढ्छौँ ।’
‘म एक ब्राह्मण, एक हिन्दु हुँ र मलाई यसमा गर्व छ । यसका साथै, म एक भारतीय हुँ र एक मानिस पनि हुँ । त्यसैले कसरी एक–अर्कालाई सम्मान गर्नुपर्छ भन्ने मलाई थाहा छ । हरेक उत्सवलाई मिलेर मनाउनु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण