राजनीति
चितवनमा तनाव भएपछि रविले भने– इतिहास बोकेको कुनै दल गुण्डागर्दीमा विश्वास गर्दैन
आइतबार, १० वैशाख २०८०, १३ : ५७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गरेका छन् ।
चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका हुन् । उनले आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि
उत्तेजित नहुन विशेष आग्रह गरेका छन् । ‘लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’, लामिछानेले भनेका छन् । उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण