प्रचण्डको तीन दिने भ्रमण तालिका पठाइयो भारत
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यले बताए ।
यी दुई मितिमध्ये भारतले एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने बताइएको छ । भारतबाट यसै साताभित्र मिति कन्फर्म गरिने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको स्रोतले जनाएको छ ।
तीन दिनसम्म हुने भ्रमणमा के के एजेण्डामा छलफल हुने भन्नेबारे परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै पनि नयाँ विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्रालय स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण