उपनिर्वाचन
चितवन २ मा मतदानका क्रममा विवाद : रास्वपाले माग्यो माफी
आइतबार, १० वैशाख २०८०, १७ : १६
चितवन । चितवन २ मा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलले गरेका थिए ।
सो क्रममा दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित बनेको थियो । मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएको हो ।
यस्तै मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण