शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
७४ वर्ष पुगे मदनकृष्ण,  जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना (तस्बिरहरु)

७४ वर्ष पुगे मदनकृष्ण,  जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना (तस्बिरहरु)

आइतबार, १० वैशाख २०८०

काठमाडौँ । लोकप्रिय हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज ७४औं जन्मदिन परेको छ । आज परेको जन्मदिन उनी विभिन्न कार्यक्रममा सहभागी भएर मनाइरहेका छन् ।

सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओहिरो लागेको छ । कतिपयले त फोन नै गरेर जन्मदिनको शुभकामना दिएका छन् ।

श्रेष्ठलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रको एक खम्बाका मानिन्छ । श्रेष्ठको जन्मदिन पारेर आइतबार ललितपुरको पाटन दरबार क्षेत्र मंगलबाजारमा एक रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ । 

ललितपुर महानगरपालिका, नेपाल अर्वुद रोग निवारण संस्था ललितपुर र रोटरी क्लबको आयोजना रहेको कार्यक्रममा कलाकार श्रेष्ठ पनि सहभागी थिए । कार्यक्रममा श्रेष्ठले रक्तदातालाई रक्तदान प्रमाण पत्र समेत वितरण गरे ।

श्रेष्ठको अभिनयमा हरिवंश आचार्यसँगको जोडी लामो समयदेखि जम्दै आएको छ । दुवैको जोडीलाई नेपाली कलाक्षेत्रमा ‘महजोडी’ भन्ने गरिन्छ ।

रंगमञ्च, टेलिभिजनदेखि ठुलोपर्दासम्ममा छाउन सफल श्रेष्ठ थुप्रै कलाकारको प्रेरणाको श्रोत पनि हुन् । श्रेष्ठले गतबर्षको जन्मदिनमा आफ्नो स्वर रहेको एक गीत ‘एउटा सपना छ’ सार्वजनिक गरेका थिए ।

आज पनि उनको जन्मदिनमा परेर बिभिन्न कार्यक्रम आयोजना हुँदैछ । जसमा उनी सहभागी भएर केक समेत काट्टे कार्यक्रम रहेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया