बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
७४ वर्ष पुगे मदनकृष्ण,  जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना (तस्बिरहरु)

७४ वर्ष पुगे मदनकृष्ण,  जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना (तस्बिरहरु)

आइतबार, १० वैशाख २०८०

काठमाडौँ । लोकप्रिय हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज ७४औं जन्मदिन परेको छ । आज परेको जन्मदिन उनी विभिन्न कार्यक्रममा सहभागी भएर मनाइरहेका छन् ।

सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओहिरो लागेको छ । कतिपयले त फोन नै गरेर जन्मदिनको शुभकामना दिएका छन् ।

श्रेष्ठलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रको एक खम्बाका मानिन्छ । श्रेष्ठको जन्मदिन पारेर आइतबार ललितपुरको पाटन दरबार क्षेत्र मंगलबाजारमा एक रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ । 

ललितपुर महानगरपालिका, नेपाल अर्वुद रोग निवारण संस्था ललितपुर र रोटरी क्लबको आयोजना रहेको कार्यक्रममा कलाकार श्रेष्ठ पनि सहभागी थिए । कार्यक्रममा श्रेष्ठले रक्तदातालाई रक्तदान प्रमाण पत्र समेत वितरण गरे ।

श्रेष्ठको अभिनयमा हरिवंश आचार्यसँगको जोडी लामो समयदेखि जम्दै आएको छ । दुवैको जोडीलाई नेपाली कलाक्षेत्रमा ‘महजोडी’ भन्ने गरिन्छ ।

रंगमञ्च, टेलिभिजनदेखि ठुलोपर्दासम्ममा छाउन सफल श्रेष्ठ थुप्रै कलाकारको प्रेरणाको श्रोत पनि हुन् । श्रेष्ठले गतबर्षको जन्मदिनमा आफ्नो स्वर रहेको एक गीत ‘एउटा सपना छ’ सार्वजनिक गरेका थिए ।

आज पनि उनको जन्मदिनमा परेर बिभिन्न कार्यक्रम आयोजना हुँदैछ । जसमा उनी सहभागी भएर केक समेत काट्टे कार्यक्रम रहेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया