‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
सारांश
- ‘मिसेस नेपाल वर्ल्ड’ २०२६ को आवेदन खुला भएको छ र साउन २३ गतेबाट छनोट प्रक्रिया सुरु हुनेछ।
- प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित, सम्बन्धविच्छेद भएका वा एकल महिलाहरूले भाग लिन सक्नेछन्।
- मुख्य विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौँ । विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तीकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ।
आयोजक रिबन इन्टरटेनमेन्टले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया सुरु हुने जानकारी दिएको हो।
सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले यस वर्षबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रूपमा ‘मिसेस कस्मो’ विधालाई पनि समेटेको छ। मिसेस कस्मो म्यानमारको आधिकारिक नेपाली फ्रेन्चाइजका रूपमा यो विधा यसै संस्करणबाट थप गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झाका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन २३ गते दिउँसो साढे १२ बजेदेखि नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गतेका लागि तय गरिएको छ।
प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित नेपाली महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुन चाहनेका लागि उचाइ र तौलको कुनै सीमा तोकिएको छैन। यस प्रतियोगितामा विवाहितका साथै सम्बन्धविच्छेद भएका वा एकल महिलाहरूले समेत प्रतिस्पर्धा गर्न पाउनेछन्। इच्छुक प्रतिस्पर्धीहरूले ‘खल्ती’ एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय निर्देशक तथा कोरियोग्राफर अश्विनीकान्त झाले विवाहपछि पनि महिलाहरूको सपनाको अन्त्य नहुने र उनीहरूलाई नयाँ पहिचान दिलाउन यो मञ्चले सेतुको काम गर्ने बताए। उनले छनोट भएका प्रतिस्पर्धीहरूलाई ४५ दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष तालिम प्रदान गरिने समेत जानकारी दिए।
कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्त (आईटी इन्जिनियर) र मिसेस नेपाल इन्टरनेसनल २०२५ की विजेता सञ्जु भट्ट (प्याथोलोजिस्ट) ले आफ्नो अनुभव साझा गर्दै यो मञ्चले आत्मविश्वास र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। काठमाडौँबाहिर पोखरा, इटहरी र विराटनगर जस्ता सहरहरूमा पनि छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रतियोगिताको मुख्य विजेताले ‘मिसेस नेपाल वर्ल्ड’ को ताजका साथै अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। त्यस्तै अन्य विजेताहरूले ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘मिसेस नेपाल कस्मो’ को उपाधिसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण