उद्योग संघको प्रदर्शनी केन्द्रमा चितवन–२ को मतगणना
चितवन । चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ । कार्यालयले बैशाख १३ गतेसम्ममा मतगणनाको पूर्ण नतिजा आउने विश्वास लिएको छ ।
मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको सहायक मतदान अधिकृत ईश्वर आचार्यले जानकारी दिए । राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने उनको भनाइ छ । उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ ।
चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो । सो निर्वाचनमा ८४ हजार १७ मत खसेको खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण