वित्तीय संघीयता ठिक ढङ्गले लागू हुन सकिरहेको छैन : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजनीतिक सत्ताभन्दा आदतीय सत्ता बदल्नु कुरा मुख्य रहेको बताएका छन् । जुन बदल्न निकै जटिल हुने शर्माको भनाइ छ । सोमबार जुम्लामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले राजनीतिक रुपमा संघीयता आएपनि वित्तिय रुपमा अझै संघीयता ठिक तरिकाले लागू हुन नसकेको बताए ।
‘राज्य बढी प्रक्रियामुखी छ, वित्तिय संघीयता ठिक तरिकाले लागू हुन सकिएको छैन,’ शर्माले भने, ‘कर्णाली सुनको डल्लो हो, यसलाई प्रयोगमा ल्याउनुपर्ने चुनौती हामीसँग छ तर, कठिनाईहरु पनि थुप्रै छन् ।’
उनले बजेट मात्र भएन नहुने, त्यसका लागि आवाश्यक कर्मचारी पनि हुनुपर्ने तर्क राखे । कर्णालीमा बजेटलाई सदुपयोग गर्ने आवाश्यक कर्मचारी नभएको शर्माको भनाइ छ । जसका कारण बजेटलाई कार्यान्वयन गर्न सकिरहेको छैन । शर्माले व्यवस्था परिवर्तन भएपनि मान्छेका मानसिकताहरु अझै नबदलिएको तर्क गरे । उनले भने, ‘हाम्रा मानसिकता पनि बदल्नुपर्ने छ, हाम्रातिर बीउ फलाएर होइन् बीउ नै खाइदिने प्रवृत्ति छ ।’
शर्माले राष्ट्रिय राजनीतिकका कारण कहिले दायाँ कहिले दायाँ गर्नुपर्ने बाध्यता प्रदेशमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड