वित्तीय संघीयता ठिक ढङ्गले लागू हुन सकिरहेको छैन : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजनीतिक सत्ताभन्दा आदतीय सत्ता बदल्नु कुरा मुख्य रहेको बताएका छन् । जुन बदल्न निकै जटिल हुने शर्माको भनाइ छ । सोमबार जुम्लामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले राजनीतिक रुपमा संघीयता आएपनि वित्तिय रुपमा अझै संघीयता ठिक तरिकाले लागू हुन नसकेको बताए ।
‘राज्य बढी प्रक्रियामुखी छ, वित्तिय संघीयता ठिक तरिकाले लागू हुन सकिएको छैन,’ शर्माले भने, ‘कर्णाली सुनको डल्लो हो, यसलाई प्रयोगमा ल्याउनुपर्ने चुनौती हामीसँग छ तर, कठिनाईहरु पनि थुप्रै छन् ।’
उनले बजेट मात्र भएन नहुने, त्यसका लागि आवाश्यक कर्मचारी पनि हुनुपर्ने तर्क राखे । कर्णालीमा बजेटलाई सदुपयोग गर्ने आवाश्यक कर्मचारी नभएको शर्माको भनाइ छ । जसका कारण बजेटलाई कार्यान्वयन गर्न सकिरहेको छैन । शर्माले व्यवस्था परिवर्तन भएपनि मान्छेका मानसिकताहरु अझै नबदलिएको तर्क गरे । उनले भने, ‘हाम्रा मानसिकता पनि बदल्नुपर्ने छ, हाम्रातिर बीउ फलाएर होइन् बीउ नै खाइदिने प्रवृत्ति छ ।’
शर्माले राष्ट्रिय राजनीतिकका कारण कहिले दायाँ कहिले दायाँ गर्नुपर्ने बाध्यता प्रदेशमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण