शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवनमा अघि लागे रवि, एमालेका न्यौपाने पछ्याउँदै

सोमबार, ११ वैशाख २०८०, १५ : ३९
सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले सुरुवाती अग्रता लिएका छन् । 

२ हजार ४९२ मत गणना हुँदा लामिछानेले १ हजार १५५मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै ६६५ मत ल्याएका छन् । 

तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठको मत छ । श्रेष्ठले ५८८ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप