काम नपाउँदा चिन्तित थिए कन्नड अभिनेताः घरमा भेटियो शव, एक वर्ष अघि भएको थियो विवाह
कन्नड अभिनेता सम्पथ जे रामको अचानक मृत्यु भएको छ । सम्पथलाई आफ्नो बेंगलुरुस्थित घरमा मृत भेटियो । प्रहरीले उनले आत्महत्या गरेको आशंका जताएका छन् । ३५ वर्षका सम्पथको शव २२ अप्रिलमा उनको नेलामंगलास्थित घरमा भेटिएको प्रहरीले जनाएको छ ।
सम्पथ काम नपाएका कारण चिन्तामा थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ । मृत्युको कारणबारे परिवारले अहिलेसम्म कुनै बयान जारी गरेको छैन । नेलामंगलाका एक निजी अस्पतालमा उनलाई लगिएको थियो । त्यसपछि उनको पार्थिव शरीरलाई उनको गाउँमा लगियो ।
भारतीय सञ्चार माध्यमका अनुसार अभिनेताको एक वर्ष अघि मात्रै विवाह भएको थियो । रिपोर्टलाई विश्वास गर्ने हो भने कामको प्रस्ताव नआएका कारण उनी मानसिक तनावमा थिए । सम्पथले ‘अग्निसाक्षी’ का साथै फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा काम गरेका थिए । उनीसँगै काम गरिसकेका अभिनेता विजय सूर्या र राजेश ध्रुवले सम्पथको मृत्युमा शोक व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण