उपेन्द्र यादवको प्रभाव क्षेत्रमा बोनस पाएँ : शिवचन्द्र कुशवाहा
सोमबार, ११ वैशाख २०८०, १८ : ४७
बारा । जनमत पार्टीबाट बारा २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले जसपाका अध्यक्ष उपेन्द्र यादवको प्रभाव रहेको क्षेत्रमा आफूले बोनस पाएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचनको मतगणना जारी रहँदा रातोपाटीसँग कुरा गर्दै उनले अहिले उपेन्द्र यादवको अग्रता रहेपनि अन्त्यमा आफ्नो जित हुने दाबी गरेका हुन् ।
उनले मतगणना भइरहेको करैयामाई गाउँपालिकामा आफ्नो प्रभाव नभएपनि राम्रो मत पाएको बताए । करैयामाईमा मतगणना सकिएपछि मतपरिणाममा परिवर्तन आउने उनले बताए । अन्तिममा आफ्नो पक्षमा मतपरिणाम आउने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण