कम्युनिस्ट पार्टी निर्माण गर्न लागेको भन्दै निधिले गरे प्रधानमन्त्रीको आलोचना
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अझै पनि कम्युनिस्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।
आइतबार (हिजो)कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा केही दिन भित्रै गठन गरी नेकपा पुनर्विजित गराउने घोषणा गरेका थिए ।
नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ? भनी प्रधानमन्त्री प्रचण्डलाई प्रश्न समेत गरे ।
सोमबार काठमाडौँमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले सामाजिक–आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरुले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्क समेत गरे ।
नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढ्ने गरी बहस गर्नुपर्नेमा पनि जोड दिए ।
नेता निधिले मुलुकमा कम्युनिस्ट शासन नरहेकाले वर्तमान संविधानलाई कार्यान्वयन गर्दै पालना गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण